logo

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै व्यापारिक भवन र हाउजिङको नापनक्सा माग्यो

    987   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार – शहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले व्यापारिक भवन, हाउजिङ लगायतका उपत्यका भित्रको सार्वजनिक जग्गा तथा संरचनाको दूरुपयोगलाई रोक्न भन्दै सबै व्यापारिक भवन र हाउजिङहरुको नापनक्सा पास भएका कागजात माग गरेको छ ।

उपत्यका भित्रको सार्वजनिक जग्गा तथा संरचनाको दूरुपयोग रोक्ने अभियान थालेको प्राधिकरणले नाप नक्सा विपरित अथवा मापदण्ड पुरा नगर्नेहरुमाथी कडा कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
जसकालागि प्राधिकरणले एकसाताको म्याद दिँदै सम्वन्धित व्यापारिक भवन एवं हाउजिङ संचालक पक्षहरुलाई सातदिनभित्र कागजाज पेश गर्न अल्टिमेटम दिएको छ । प्राधिकरणले मापदण्ड पालना नगर्ने, स्वीकृती वा अनुमति नलिएका व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतलाई कडा कारबाही गर्ने तयारी गरेको जनाएको छ ।
यस्तो अभियान थालेको प्राधिकरणले हाल सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा तथा संरचनाहरुको नाप नक्शा लगायतका कागतजात एकसाताभित्र बुझाउन आदेश दिएको जनाएको छ । सम्बन्धीत सरोकारवाला एवं व्यापारिक भवन धनिहरुलाई यस्तो कागजपत्र आगामी असोजभित्र बुझाइसक्न भनिएको प्राधिकरणले जनाएको छ ।
काठमाडौं उपत्यकाका सार्वजनिक जग्गा तथा भवनहरु कुन प्रयोजनमा प्रयोग भइरहेका छन् ? भन्ने विषय अनुगमन गर्न प्रयोगकर्तासँग सम्बन्धित जग्गा तथा भवनहरुको नाप नक्सा माग गरिएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जानकारी दिएकी छिन् ।
उनका अनुसार उपत्यकाका सार्वजनिक जग्गा तथा भवनहरु के कस्ता प्रयोजनका लागि प्रयोग भइरहेको छ ? भन्ने यकिन जानकारी प्राधिकरणलाई दिइएको छैन् । त्यसैले सार्वजनिक सम्पत्ति कसरी र कसले प्रयोग गरिरहेको छ ? भन्ने बुझ्नका लागि नक्सा र आवश्यक कागजातहरु माग गरिएको हो ।
तोकिएको मिति भित्रमा सार्वजनिक जग्गा तथा भवनको नाप नक्शा उपलब्ध नगराउनेलाई कानून बमोजिम कारबाही अघि बढाउने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यकासाथ शहरीकरणको विषयमा मापदण्ड तथा गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार प्राधिकरणमा रहेको छ । सोही अधिकार अन्तर्गत प्राधिकरणले सार्वजनिक जग्गा तथा भवनको नापनक्सा माग गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।