logo

वियर जात्रा हुने

    1342   पटक पढिएको

३ असोज/ अर्थ र व्यापार – नेपालमा पहिलो पटक वियर जात्रा हुने भएको छ । वडादशैँ र तिहारको उपलक्ष्यमा मदिरा व्यवसायी संघ ललितपुरले आयोजना गर्ने सो एक दिने बृहत वियर जात्रा ललितपुरको यला दरवार शंखमूलमा हुने छ । सो जात्रा आगामी ८ असोजको दिन शनिवार आयोजना हुने भएको हो ।
यस वियर जात्रामा स्वदेशी र विदेशी वियर कम्पनिबाट उत्पादित सबै वियरहरु समावेश गरिने संघका अध्यक्ष उपेन्द्र लाखेले जानकारी दिए ।
मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार मुकुन्द महर्जनका अनुसार, सो वियर जात्रामा चाडपर्वलाई मध्यनजर राख्दै विशेष छुटका साथ वियरहरु सहुलियत मुल्यमा उपलब्ध गराइनुकासाथै विभिन्न कम्पनिले जात्रामा सहभागी हुनेहरुलाई फ्री टेस्टिङ्खको समेत व्यवस्था मिलाएका छन् ।
सो जात्राका संयोजक तथा मदिरा व्यवसायी संघ ललितपुरका सचिव कविराज श्रेष्ठले सो दिन ११ः३० बजे देखि साँझ ७ः०० बजे सम्म मनोरन्जन सहित विभिन्न भेराइटिजका फुड स्टलहरुबाट भरपुर आनन्द लिन सकिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।