logo

संविधान दिवसमा ६० बढी व्यवसायी र बैंकर विभुषित

    994   पटक पढिएको

३ असोज/अर्थ र व्यापार – सरकारले संविधान दिवसको अवसरमा ६० जना भन्दाबढी उद्योगी व्यवसायी र बैंकरलाई विभिन्न पदकबाट विभुषित गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायी तथा बैंकरहरुलाई सोमबार विभिन्न पदकबाट विभूषित गरेको हो ।
सरकारले स्वर्गीय उद्योगी÷व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यसैगरि, व्यवसायी चन्द्रप्रसाद ढकाल र व्यवसायी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ ।
यसरी विभुषित हुने व्यवसायीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुरारका र महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुरारका र ढकाललाई सुकीर्तिमय राष्ट्रदीपबाट विभुषितको घोषणा गरेकी हुन । यसैगरि, सुप्रवल जनसेवाश्रीबाट विभुषित हुनेहरुमा कुसुम लामा, राजेशकुमार अग्रवाल, राम थापा, शशीधर शर्मा, अरुणकुमार केसी, जगदिशप्रसाद अग्रवाल, मुरलीधर रुङटा र बोनिगोपाल मुन्धडा रहेका छन ।
यसैगरी, प्रवल जनसेवाश्रीबाट सुशीलकुमार गोयन्का, सुनिलकुमार बंशल,विनोद थकाली, भारतप्रसाद पराजुली, बालकृष्ण भुसाल, भीमप्रसाद घिमिरे, सुरेन्द्रकुमार गोयल, राजेन्द्र अर्याल, खुमबहादुर सुवेदी, अशोककुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, पवनकुमार अग्रवाल र कुमुदकुमार दुगड विभुषित भएका छन् ।
त्यसैगरि, जनसेवाश्रीबाट सुमन पाण्डे, मिङमा शेर्पा, राजेन्द्र अग्रवाल विभुषित भएका छन् । विकासरत्नश्री पदकबाट विनायक शाह, शिक्षा भट्टचन, आङगेलु शेर्पा र यमुना श्रेष्ठ रहेका छन् । यस्तै, समाजसेवी पशुपति भण्डारी प्रवल जनसेवाश्रीबाट विभुषित भएका छन ।
होटल व्यवसायी सृजना राणा पनि सोही पदकबाट विभूषित भएकी छिन । नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीइओ सुनिल केसी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।
प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुनेमा उद्योगी बालकृष्ण भुसाल, प्रतापजंग पाण्डे वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोधकुमार गुप्ता, सुरकृष्ण वैद्य पनि प्रबल जनसेवाश्री पदकमार्फत विभूषित भएका छन् ।
कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनएका अध्यक्ष कूल आचार्य पनि सम्मानित भएका छन् । यस्तै, प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशील कुमार गोयन्का, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, खेमबहादुर केसी, यादव कुँवर, विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित भएका छन् ।
सरकारले सोमबार विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरेको हो । यसपाली सरकारले नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।