logo

महाअभियोग सिफारिस समितिमा चोलेन्द्रशम्शेर जबराले दिए यस्तो बयान, फेरि आइतबार बयान लिइने

    1036   पटक पढिएको

१६ भदौ/अर्थ र व्यापार – संसदको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग प्रस्तावदेखि बालुवाटार जग्गा प्रकरणसम्म सबै नालिबेली खुलाएर आफ्नो बयान दिएका छन ।
बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई पुनः आगामी आइतबारका लागि बोलाएको छ ।
राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको थियो । बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि राणालाई बिहीबारकालागि बोलाइएको थियो ।
यसअघि बुधबारको बयानमा पनि राणाले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे ? र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने गम्भिर प्रश्न गरेका थिए ।
यसैगरि, उनले बयानको क्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि समेत विभिन्न आरोप लगाएका छन् ।
महाअभियोग सिफारिस समितिमा दोस्रोदिन उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।
बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो ।
लामो जवाफ दिएका जबराले प्रक्रियागत जवाफ दिएका थिए । समितिका सदस्य मीन विश्वकर्माले घरिघरि समितिलाई नै प्रश्न गर्ने र उल्टै संसदलाई नै प्रश्न गर्ने शैलीमा जवरा प्रस्तुत भएको बताए ।
बिहीबार झण्डै २ घण्टासम्म चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको थियो । अहिले जबरामाथी समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये हालसम्म जम्मा ६ वटा प्रश्न सकिएको छ । बाँकी पश्न आगामी आइतबार र त्यसपछिका बैठकमा सोधिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।