logo

अल्फाबिटामा बालेनको गर्जन: घरधनीका घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

    1345   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार– विगत केही दिनदेखि धमाधम काठमाडौ शहरका अवैध संरचनाहरु हटाउँदै र भत्काउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन) बिहीबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा पुगेर प्रतिरोधमा उत्रिएकाहरुसँग गर्जिए ।
नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटा कम्प्लेक्सले आफ्नो भवन अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।
त्यस्तो संरचना हटाउन महानगरपालिकाका अन्य प्रतिनिधी र सुरक्षाकर्मी सहित पुगेका मेयर बालेनले भवनको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटा हाउसका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागेपछि मेयर बालेनले गर्जिएर प्रश्न गरे ‘तपाईँको घरको नक्सा म सित हुनुपर्छ ?’
त्यपछि अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’ उनले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।
सोही बादबिबादकाबीच बालेनले काठमाडौ महानगरपालिकाले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अझै गर्जिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र संरचना खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’
फेरि अल्फाबिटाका अर्का प्रतिनिधिले भने, ‘बालेन सर, तपाईँ यस्तो आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन र तपाईँ ?’ निकैबेरदेखि बालेनसँग प्रतिवाद गरिरहेका व्यक्तिले आफुलाई थर्काउन खोजेको भनेर बोलेनलाई ति व्यक्तिले अर्को प्रश्न गरे । तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको भन्दै उनले महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।
उनले व्यावसायिक प्रयोजनमा बनाईएका यस्ता भवनहरुले आफ्नो पार्किङ बनाउनुपर्ने बताए । महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे । तर अल्फाबिटाका प्रतिनिधिले भने लिखित दिए आफुहरु अझै वकिलसहित आउने बताए ।
उनीहरुले आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यावसायीलाई सम्मान गर्न समेत मेयर बालेनलाई आग्रह गरे । यस्तो आग्रह, गर्जन र प्रतिवाद सहितको क्रम अल्फाबिटामा धेरै बेरसम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।