logo

नबिल र वाणिज्य बैंकमा नेपाल ट्रस्टको पौने ११ लाख कित्ता सेयर

तत्कालिन राजा बिरेन्द्रका परिवारको २१ हजार ६३३ रोपनी १५ आना जग्गा ट्रस्टको स्वामित्वमा

    884   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार – नेपाल ट्रस्टसँग चल र अचल गरि ठूलो मात्रामा सम्पत्ति रहेको देखिएको छ । नेपाल ट्रस्टको कार्यालयले आर्थिक वर्ष २०७७/७८ को ढिलो गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल ट्रस्टसँग नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको लाखौं कित्ता सेयर रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिम सम्मको तथ्यांकअनुसार नेपाल ट्रस्टसँग नबिल बैंकको १० लाख ६५ हजार २ सय २ कित्ता सेयर रहेको छ । यसैगरि, ट्रस्टसँग राष्ट्रिय बाणिज्य बैंकको ६ हजार ७ सय ५० कित्ता सेयर रहेको सो कार्यालयद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाल ट्रस्टसँग बैंकको सयेरहरु बाहेक होटल डेला अन्नपूर्णको पनि ३० हजार ७ सय २० कित्ता सेयर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तैगरी, आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म ट्रस्टको बैंकमा नेपाली रुपैयाँमा नगद बचत १ अर्ब २ करोड ६४ लाख १९ हजार ९ सय ८४ रुपैयाँ ८ पैसा, अमेरिकी डलर १ लाख ५४ हजार ९ सय २६ र पाउन्डस्र्टलिङमा ५१ हजार ४ सय २८ बचत रहेको छ ।
सोही आर्थिक वर्षसम्म संकलित तथ्यांक अनुसार नेपाल ट्रस्टको स्वामित्वमा २१ हजार ६ सय ३३ रोपनी १५ आना जग्गा आएको सो कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्कालिन राजा विरेन्द्रबीर बिक्रम शाह र उनको परिवारको स्वामित्वमा रहेको निजी सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा आएको ट्रष्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।