logo

टानको निर्वाचन भोली साउन ३० गते, प्यानलमा रहेका धादिङका व्यवसायीको भोट जोगाउने र तान्ने रणनितिमा बाँस्तोला र सापकोटा

    1239   पटक पढिएको

२९ साउन / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागी भोली साउन ३० गते निर्वाचन हुँदैछ । टानका नेतृत्वका लागी यसपटक निलहरी बाँस्तोला र रामप्रसाद सापकोटाले प्यानल सहित र बोधराज भण्डारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन ।

टानको निर्वाचनमा पार्टीगत रुपमा ठूलो भोट आउने गरेको छ भने भौगोलिक क्षेत्र र जिल्लाका कारण पनि भोट प्रभावित हुने गरेको देखिन्छ । यसपटक अध्यक्षका उम्मेदवार वाँस्तोलालाई नेपाली कांग्रेस, नेकपा एमालेको एउटा खेमा, नेकपा एकिकृत समाजवादी निकट ट्रेकिङ व्यवसायीहरुको समर्थन रहेको छ भने सापकोटालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको अर्को खेमा तथा नेपाल समाजवादी पार्टी निकट पर्यटन व्यवसायीहरुको समर्थन रहेको छ । अध्यक्षका उम्मेदवार वाँस्तोला सोलुखुम्बु निवासी हुन अर्का उम्मेदवार सापकोटा धादिङका हुन । टानमा विशेषगरी धादिङ, सोलुखुम्बु, नुवाकोट, काभ्रे, गोरखा लगायत जिल्लाका व्यवसायीहरुको बाहुल्य रहेको छ ।

निलहरी बाँस्तोला समुह आफ्नो गठबन्धनमा रहेका दलहरु निकट व्यवसायीहरुले ईमान्दारीपूर्वक भोट हालेमा आफ्नो समुह सजिलै विजयी हुनेमा ढुक्क देखिन्छ भने सापकोटा समुह निलहरी पक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले निकट धादिङका व्यवसायीहरुको भोट केहि तान्न सके आफ्नो समुह विजयी हुनेमा विश्वस्त देखिन्छ । त्यसवाहेक विगतका निर्वाचनहरुमा नेपाली कांग्रेस निकट व्यवसायीहरु विचमा फाटो देखिने गरेकोमा यसपटक कांग्रेस निकट व्यवसायीहरु एकढिक्का देखिएकोमा निलहरी समुह आँफु थप बलियो भएको मनस्थितिमा रहेको देखिन्छ । टानका विगतका निर्वाचन र आउँदै गरेका अन्य निर्वाचनका कारण सापकोटा समुह धादिङका नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरुको ठूलो भोट आफ्नो समुहलाई आउनेमा विश्वस्त देखिएको सापकोटा निकट एक व्यवसायीले वताए । धादिङका नेपाली कांग्रेस निकट र एमाले निकट व्यवसायीहरुको भोट आफ्नो पक्षमा तान्न सापकोटा समुहले प्रयास गर्ने देखिन्छ ।

टानमा रहेका स्वतन्त्र मतदाताहरु कुन पक्षमा लाग्छन, त्यो नै निर्णायक मत हुने टान निर्वाचनमा नजिकवाट बुझेका व्यवसायीहरु वताउँछन । त्यस्तै टानमा ठूलो संख्यामा रहेका शेर्पा समुहको भोट आफ्नो पक्षमा पार्न दुवै समुहले आफ्नो प्रयास जारी राखेका छन । यसैविच दुवै समुहले विगत तीन दिनमा जिल्लागत रुपमा शनिवार आ–आफ्नो बृहत भेला तथा रात्रीभोज समेत आयोजना गरेका थिए ।

यसैविच सापकोटाको समूहलाई निर्वाचित गराउन नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा, नेपाल पर्वतारोहण संघका निर्वतमान अध्यक्ष सन्तवीर लामा, टानका पूर्वअध्यक्ष नवराज दाहाल,पर्वतीय प्रशिक्षण प्रष्ठिानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, टानका पूर्वअध्यक्ष सीताराम सापकोटा, टानका पूर्व वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्यहरु राजेन्द्र सापकोटा, पम्फा धमला, गणेश सिंखडा लगायतले टानका सदस्यहरुलाई साझा अपिल गरेका छन ।

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदिप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिव होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र सह–कोषाध्यक्षमा छिङदोर्जी शेर्पा रहेका छन । यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा सजना त्रिपाठी उम्मेदवार रहेका छन ।

यस्तै सापकोटा प्यानलवाट वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), सचिबमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे, सह–कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा रहेका छन । त्यस्तै सदस्यमा दोर्जे तामाङ , बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल ,कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहेका छन ।

यस्तै स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्ष पदमा गणेश बहादुर न्यौपाने र सदस्यमा गणेश प्रसाद न्यौपाने पनि उम्मेदवार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।