logo

टान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारी

टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्ने एजेण्डा

    1798   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० साउनमा हुने निर्वाचनमा कोषाध्यक्ष पदमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) ले उम्मेदवारी दिएकी छिन । पाण्डेले अध्यक्षका उम्मेदवार रामप्रसाद सापकोटा (कमल) को समुहबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिएकी हुन् ।

हिमालयन ग्लासियर ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.कि निर्देशक पाण्डे विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छिन । सफल महिला उद्यमीको रुपमा परिचित पाण्डे ब्ल्याक डायमण्ड एक्सपीडिसन प्रा.लि.तथा होटल इन्काउण्टरकी प्रवन्ध निर्देशक समेत हुन ।

सामाजिक सेवामा समेत सक्रिय पाण्डे चाईल्ड ईन्भाइरोमेण्टल नेपाल नामक संस्थाको महासचिव समेत हुन । उनको यो संस्थाले विशेषगरि बालबालिको शिक्षा र शैक्षिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । त्यसवाहेक उनको परिवार नै पर्यटन व्यवसायमा सक्रिय छ । लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन ।

कोषाध्यक्ष पदका उम्मेदवार पाण्डेले टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्दै संस्थालाई आर्थिक रुपमा सवल बनाउन पहल गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएकी छिन । ‘नेपालको पर्वतीय पर्यटनमा महिलाहरुको सहभागीता कम भएको हालको अवस्थामा महिला उद्यमीहरु जन्माउन विशेष प्रोत्साहन हुने वातावरण निर्माण गर्ने पहल गर्नेछु’–पाण्डेले भनिन् ।

यसैगरी, उनले दीगो पर्यटन विकासको अवधारणालाई सघाउन गुणस्तरीय पर्यटन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने बताईन् । त्यसैगरी, हाल करको दायरामा नआएका ईन्टरनेशनल अनलाईन बुकिङ प्लेटफर्म (ओटिए) लाई करको दायरामा ल्याउन नीतिगत व्यवस्था गर्न सरकारसँग पहल गर्ने आफ्नो विशेष एजेण्डा रहेको उनले बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।