२७ साउन / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी साउन ३० गते हुने निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा युवा पर्यटन व्यवसायी प्रदिप पण्डितले उम्मेद्वारी दिएका छन । पण्डितले अध्यक्षका उम्मेद्वार निलहरी बाँस्तोलाको प्यानलवाट उम्मेद्वारी दिएका हुन् ।
अल्पाईन कैलाश ट्रेक्स प्रा.लि.का प्रबन्ध निर्देशक पण्डितले कैलाश यात्रा सञ्चालक संघको कोषाध्यक्ष रहेर समेत कार्यसम्पादन गरिसकेका छन । “टानको गरिमालाई अझ उच्च बनाउने, पदयात्रा क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने तथा व्यवसायीहरुको हितमा काम गर्ने मेरो मुख्य एजेण्डा हो”– प्रथम उपाध्यक्ष पदका उम्मेदवार पण्डितले भने । टानमा गएर पर्यटन क्षेत्र र विशेषगरी पदयात्रा पर्यटनका समस्याहरु सरकारी निकायहरुसंगको समन्वयमा समाधान गर्न पहल गर्ने उनले वताए ।
तपाईको प्रतिक्रिया