२५ साउन/ अर्थ र व्यापार – काठमाडौंको बालाजु बाइसधारा स्थित एक जुक्ता कारखानामा आगलागी भएको छ । सो आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेका थिए ।
बालाजुको बाइसधारास्थित वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । बुधबार बिहान ११ ः ४२ बाट कारखानामा आगलागी भएको बताईएको छ । सो आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।
अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारि राखेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता मैनालीले बताए ।
सो आगो नियन्त्रणकालागि नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।
अहिलेसम्म आगलागीको कारण खुलेको छैन । अहिले यस आगलागीको कारबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया