१८ साउन/अर्थ र व्यापार – काठमाडौंबाट भारतको मुम्बई जान लागेका कैलालीका शंकास्पद सुन व्यापारिलाई प्रहरीले प्रक्राउ गरेको छ । नेपाल वायुसेवा निगमको विमानबाट भारतको मुम्बई जान लागेका कैलालीका सन्तोष लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
विमान चढिसकेकाबेला उनलाई शंकास्पद भनेर प्रहरीले विमानस्थलबाट प्रक्राउ गरेको हो । उनलाई प्रहरीले प्रक्राउ गरेर लगेको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार प्रहरीले केही समय विमान नै रोकेर सबै यात्रुलाई झारेर उनलाई पक्राउ गरेको सिटौलाले बताए । अहिले अरु यात्रु लिए विमान मुम्बईका लागि उडिसेकेको उनले बताए ।
निगमको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको प्रहरीले जनाएको छ । सो विमानमा १४१ जना यात्रु थिए ।
तपाईको प्रतिक्रिया