logo

शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको निगमको विमान रोकियो, एकजना पक्राउ

    981   पटक पढिएको

१८ साउन/अर्थ र व्यापार – काठमाडौबाट मुम्बई जान लागेको नेपाल वायुसेवा निगमको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको थियो ।
सो विमानमा चढेका एकजना यात्रुलाई नियन्त्रणमा लिएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको र विस्तृत सूचना आउन बाँकी रहेको बताए ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार बुधबार दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्नुपर्ने निगमको न्यारोबडी विमानलाई प्रहरीको आग्रहमा रोकेको थियो । प्रहरीलाई विमान चढिसकेका संकास्पद व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएको थियो ।
सुन तस्करीमा संलग्न शंकास्पद एकजना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले तत्काल निगम व्यवस्थापनलाई आग्रह गरेर सो विमान केही समयकालागि रोकेको जानकारि गराउँदै ठाकुरले भने,‘सबै चढिसकेका यात्रुलाई झारिएको थियो ।’ फेरि सो विमान मुम्बई उडाउने तयारीमा छ ।’
विमानस्थल कार्यालयका अनुसार सो विमानबाट प्रहरीले नियन्त्रणमा लिएका ती शंकास्पद व्यक्तिसँगै रहेका एकजना आफन्तले समेत अहिले आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङपासको काम भईरहेको सो विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।