logo

ठगीगर्नेहरुको यस्तो अनौठो हर्कत,बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या

    1035   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार – २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरुले बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको दाबी छ ।
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यो समूहले विकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली बिहे गरेको थियो । रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।
२ वैशाख २०७८ मा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनियो । मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएर मृत्यु भएको भनियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले सवारी ज्यान मुद्दा चलायो ।
२५ माघ २०७८ माघमा अदालतले रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनायो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । इन्सुरेन्सबाट आएको रकम ६ जनाको समूहले बाँडेर लिएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दिपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।
मुख्य योजनाकार अर्याल हुन् भने बीमा एजेन्ट खाँको आयालसँगै पुरानै चिनजान थियो । विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएका थिए । सपनाको सजनसँग विवाह दर्ताका बेलामा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।