logo

ठगीगर्नेहरुको यस्तो अनौठो हर्कत,बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या

    1215   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार – २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरुले बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको दाबी छ ।
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यो समूहले विकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली बिहे गरेको थियो । रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।
२ वैशाख २०७८ मा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनियो । मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएर मृत्यु भएको भनियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले सवारी ज्यान मुद्दा चलायो ।
२५ माघ २०७८ माघमा अदालतले रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनायो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । इन्सुरेन्सबाट आएको रकम ६ जनाको समूहले बाँडेर लिएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दिपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।
मुख्य योजनाकार अर्याल हुन् भने बीमा एजेन्ट खाँको आयालसँगै पुरानै चिनजान थियो । विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएका थिए । सपनाको सजनसँग विवाह दर्ताका बेलामा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।