logo

महिला सशक्तिकरणका लागी एकदिने योग सम्पन्न

    1522   पटक पढिएको

४ असार / अर्थ र व्यापार- महिला सशक्तिकरणका लागी काठमाडौंको होटल एभरेष्टमा एकदिने योग सम्पन्न भएको छ । वल्र्ड वुमन टुरिजम, अर्थबाउण्ड एक्सपीडिसन लगायतका संस्थाहरुको आयोजनामा भएको योगमा अन्तर्राष्ट्रिय योग प्रशिक्षक जीवनले सहभागीहरुलाई योग सिकाएका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद जयपुरी घर्तिले योग मानसिक र शारीरिक रुपले तन्दुरुस्त रहन आवश्यक रहेको वताईन । त्यसवाहेक नेपाली समाजमा महिलाहरुलाई विभिन्न किसिमका तनावहरु आईपर्ने भएकोले मानसिक तनावलाई कम गर्न पनि योगले सहयोग गर्ने उनले वताईन । त्यस्तै नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्सालले योगका फाईदाहरुवारे अहिले विश्व नै अवगत भईसकेको वताउँदै आँफुहरुले योगलाई पर्यटन क्षेत्रसंग जोड्दै योगलाई व्यवसायिक रुपमा विस्तार गरिरहेको वताए ।

कार्यक्रममा वागमती प्रदेशका सांसद जगत सिम्खडा, पर्यटन व्यवसायी तथा नेपाल योग एशोशियसनका महासचिव राजन सिम्खडा लगायतको उपस्थिति रहेको थियो । एक दिने योग कार्यक्रममा महिलाहरुका विभिन्न संस्थाका ६० भन्दा बढि महिलाहरु सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।