logo

खानेपानीको समस्या छिटै समाधान हुने

    1152   पटक पढिएको

२९ जेठ/अर्थ र व्यापार – पूर्व शहरी विकास राज्यमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ७ का सांसद् रामबिर मानन्धरले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्न बाध्य स्थानीयवासीलाई अब छिटै खानेपानीको समस्या समाधान हुने बताएका छन ।
शनिबार सम्पन्न भएको काठमाडौको तारकेश्वर नगरपालिका–५ स्थित हरियाली समाजको पाँचौं वार्षिक साधारण सभाको उद्घाटनको क्रममा पूर्व शहरी विकास राज्यमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ७ का सांसद् मानन्धरले यस्तो बताएका हुन ।
उनले यस क्षेत्रका स्थानीयवासीले विगतका वर्षहरुमा पाँचमाने मुहानबाट ल्याएको खानेपानी अप्रयाप्त भएको भन्दै आफुलाई गुनासो गर्दै आएकाले अब यहाँको उपयुक्त ठाउँमा नयाँ डिप बोरिङ खनेर भएपनि छिटै यहाँका स्थानीय उपभोक्तालाई सहज खानेपानी आपूर्तिको व्यवस्था मिलाईने बताए ।
असारे वर्षामा समेत यहाँका स्थानीयवासीले आफ्ना घरका धारामा खानेपानी थाप्न नपाएको देखेपछि आफुले यसअघि नै तारकेश्वर नगरपालिकामा भर्खर निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधीहरुलाई पनि खानेपानीको सहजआपूर्तिको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाउन सुझाव दिएको जानकारी गराउँदै मानन्धरले भने, ‘ अब यहाँको खानेपानीको समस्या छिटै समाधान हुन्छ । ’
पुरानो मुहानबाट ल्याईएको खानेपानी स्थानीयवासीको घरका धारामा झर्न छाडेको व्यापक जनगुनासो आएपछि अब कुनै उपयुक्त ठाउँमा नयाँ डिप बोरिङ खनेर भएपछि छिटै यहाँका उपभोक्तालाई खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउन आफुले सक्दो प्रयास गरिरहेको बताउँदै उनले यस नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधीहरु एवं स्थानीय सरोकारवाला निकायलाई जतिसक्दो छिटो काम थाल्न भनिसकेको जानकारि दिए ।
खानेपानीको समस्या मात्र नभएर अहिले यस क्षेत्रमा फोहोर व्यवस्थापन, सार्वजनिक जग्गाको उचित व्यवस्थापन, सडक विस्तारका काम लगायत हरेक क्षेत्रमा आफुले सक्दो प्रयास गरेको बताउँदै उनले स्थानीय टोलवासीलाई आफ्ना आवस्यक समस्याका बारेमा जनप्रतिनीधीलाई खुलेर माग गर्न आग्रह गरे ।
विगतका वर्षहरुमा पनि आफुले यस क्षेत्रको मुख्य सडक निर्माण, भित्रि सडक ढलान देखि हरेक क्षेत्रमा संघिय सांसद् विकास कोषको करोडौं रुपैयाँ खर्च गरेर विकासको ढोका खोलिदिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि आफुले यहाँको भौतिक पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समाजको विकासमा स्थानीय टोलवासीको महत्वपूर्ण भूमिका हुने भएकाले उनले यस हरियाली समाजलाई पूर्वाधार विकासमा हालसम्म गरेको सहकार्य जस्तैगरि आगामी दिनमा पनि यस क्षत्रका विकृति विसंगति हटाउन स्वयंम टोलवासी सचेत हुनुपर्ने धारणा राखे ।
तारकेश्वर नगरपालिका–५ का नवनिर्वाचित वडा प्रमुख सम्भुप्रसाद फुँयालले पनि आफुले यस क्षेत्रका स्थानीयवासीलाई सहज रुपमा खानेपानीको आपूर्ति व्यवस्था मिलाउन आफुले अहिले धमाधम सम्बन्धीत सरोकारवाला निकायहरुसँगको छलफल र भेटवार्ताका कामलाई तिब्रदा दिएको बताए । उनले जतिसक्दो छिटो यहाँका स्थानीयवासीको समस्या समाधान गर्न आफु लागिपर्ने प्रतिवद्धक्ता व्यक्त गरे । उनले यहाँका स्थानीय स्रोत साधनको उचित सदुपयोग गरि आफ्नो क्षेत्रभित्र भएका मुहानको पानी बाहिर जान नदिने लक्ष्यकासाथ आफुले काम गर्ने आश्वासन दिए ।
बालाजु प्रहरी बृत्तका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले यस क्षेत्रको सुरक्षा व्यवस्था बलियो बनाउने कार्यमा आफुले सक्दो पहल गर्ने बताए । उनले यहाँका स्थानीयवासीले थप प्रहरी चौकी माग गरेको खण्डमा पनि आफुले सक्दो सहकार्य र पहल गर्ने आश्वासन दिए ।
सोही अवसरमा हरियाली समाजका अध्यक्ष रविन्द्र पण्डित, उपाध्यक्षहरु ग्यानेश्वर अधिकारी, राजकुमार बस्नेत, प्रल्लाद् खड्का, महासचिव कृष्ण खनाल, सचिव सुवन गिरी, सह सचिव सन्तोष ढकाल, कोषाध्यक्ष केदार अधिकारी, सह कोषाध्यक्ष अम्बरबहादुर तामाङ, स्थानीय समाजसेवी सिता न्यौपाने, जनजागृति टोल सुधार समितिका अध्यक्ष तोकबहादुर तामाङ लगायतले यस क्षेत्रका स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको चरम खानेपानीको अभाव लगायत विविध गतिविधीहरु एवं समस्याबारे संघिय सांसद् मानन्धर र नवनिर्वाचित ५ वडा अध्यक्षको ध्यानाकर्षण गराएका थिए । सोही साधारण सभामा हरियाली समाजका अन्य प्रतिनिधीहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।