logo

एनएमएको निर्वाचनका लागी निमानुरु शेर्पाको समूह घोषणा, महासचिवमा लम्साल

    1547   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार- आगामी जेठ २७ गते हुने नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेद्वार निमानुरु शेर्पा समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार अध्यक्षका प्रत्यासी शेर्पा र उनको समूह घोषणा गरिएको हो । अध्यक्षका उम्मेद्वार शेर्पा यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहिसकेका छन । उनी चोयु ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक तथा अल्टिच्युड एयर प्रा.लि.का अध्यक्ष समेत हुन ।

शेर्पा समुहको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दिपेन्द्र पाण्डे (कपिल), महासचिवमा मोहन लम्साल, सचिवमा धन बहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार रहेका छन । त्यस्तै सदस्य पदका उम्मेद्वारहरुमा सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नाम्गेल जाङबु शेर्पा, नुर्वु छिरिङ शेर्पा (लामा), पासाङ दावा शेर्पा, दिनेश तामाङ, दुर्गादेवी श्रेष्ठ, डोमा शेर्पा र निमा डोमा शेर्पा रहेका छन ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी निमानुरु शेर्पाले नेपाल पर्वतारोहण संघका सदस्यहरुमा एकताको आवश्यकता औँल्याउदै आफ्नो टिम नेतृत्वमा आए पर्वतीय पर्यटनको प्रवद्र्धन र जलवायू परिर्वतन न्यूनिकरणमा उच्चतम भूमिका निर्वाह गर्ने बताए । त्यस्तै महासचिवका उम्मेद्वार मोहन लम्सालले आरोहीको इन्स्यूरेन्सको समस्या समाधान, अन्तर्राष्ट्रिय गाइडको मान्यता दिलाउनका लागि आफ्नो टिमले पहल गर्ने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।