logo

राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा पुनः साँवा र महासचिवमा सापकोटा

    1726   पटक पढिएको


२५ चैत/अर्थ र व्यापार – नेकपा एमाले निकट व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा फेरि एलपी साँवा निर्वाचित भएका छन । महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनले साँवालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको उपाध्यक्षहरुमा रामबहादुर गुरुङ,डेकनाथ गौतम,डिबी बस्नेत ,सिएन पाण्डे, बालकृष्ण शिवाकोटी,सुर्यबहादुर थापा र डा.तिलचन्द्र भट्टराई रहेका छन ।
महासचिवमा पुनः भागिरथ सापकोटा दोहोरिएका छन । उपमहासचिवमा सुवर्ण श्रेष्ठ र मिनबहादुर तामाङ निर्वाचित भएका छन । कोषाध्यक्षमा मोहन डाँगी निर्वाचित भएका छन । यसैगरि, सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत,मोति ज्ञवाली,बलराम भट्टराई र खड्गबहादुर खत्री निर्वाचित भएका छन ।
महासंघको सो दोस्रो महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । महासघको दोश्रो राष्ट्रिय महाधिवेशनले १७ पदाधिकारी, ११ बस्तुगत संघबाट स्थायी कमिटी र २५५ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।