logo

राजश्व छल्ने अग्रवालविरुद्ध ७ करोड ६० लाख रुपैयाँको मुद्दा,उनको साथमा रहेको नगद डेढ करोड रुपैयाँ पनि जफत

    804   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार – राजश्व छलीमा संलग्न भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजश्व अनुसन्धान विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गर्ने मागदावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले मूल्य अभिवृद्धि कर छली गरेको आरोपमा भारतीय नागरिक विमला ईन्टरनेशनलका सञ्चालक अग्रवाल विरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना घर भई हाल काठमाडौं महानगरपालिका – १३ ताहाचल बस्ने ३२ वर्षिय अग्रवालविरुद्ध ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना गरी कुल ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गरिनुपर्ने माग दावी सहित अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
अनुसन्धानको क्रममा राजश्व छलिमा संलग्न अग्रवालसँग रहेको भारतको आधारकार्ड र भारतीय राजदूतावासबाट प्राप्त जारी भएको परिचयपत्रका आधारमा भारतीय नागरिक रहेको खुलेको विभागले जनाएको छ । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए ।
सो फर्मले राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, रफ बिल र गैरबिजक जारी गरी मालसामान बिक्री गरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठूलो परिमाणमा नगद घरमा राख्ने गरेको भेटिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले यस्तो कार्यमा संलग्न अग्रवालमाथी राजश्व अनुसन्धान तथा नियन्त्रण ऐन अनुसार कारर्बाही हुने बताए । पाण्डेका अनुसार अनुसन्धानको क्रममा केहि दिनअघि अग्रवालको ताहाचलस्थित कोठाबाट डेढ करोड रुपैयाँ नगद दराजमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । बरामद भएको सो रकम प्रहरीलाई बुझाईएको थियो । उनले अग्रवालको कोठामा फेला परेको नगद १ करोड ५० लाख रुपैयाँ जफत गरि बाँकी २ करोड ३० लाख ३१ हजार ८५२ रुपैयाँ असुल उपर गर्न माग गरिएको जानकारि दिए ।
उनको यस्तो कार्यबाट नियतवस आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) समेत छली गरेको देखिएको विभागले जनाएको छ । उनको फर्म विमला इन्टरप्राइजेज र सञ्चालक अग्रवालबाट सो रकम असुल उपर गरिनुपर्ने र संजाय माग दावी गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार अग्रवालले राजश्व छलिको क्रममा कानूनले निर्देशित गरेको व्यवस्था विपरीत गएर बिल बिनाको कारोबार गरेको, नगद कारोबार गरी नगद जति घरमै राख्ने गरेको अनुसन्धानबाट पुष्टी भएको छ ।
बिल बिजक जारी नगरी अवैध कारोबार गर्दै अग्रवालले ३ करोड १७ हजार ९९ रुपैयाँ मूल्य अभिवृद्धि कर र ८० लाख १४ हजार ७५३ रुपैयाँ आयकर छली गरेको अभियोगमा विभागले ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो दाबी र सोही बिगो बराबरको जरिवाना र संजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको बताएको छ । अब उनलाई राजश्व अनुसन्धान तथा चुहावट ऐन अनुसार कारर्बाही हुने विभागले जनाएको छ ।
राजश्व छल्ने अग्रवालले अर्डर स्टमेट फर्मवाट प्राप्त आयलाई आफ्नो व्यसायको आधिकारीक विक्रि आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको,आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ । यसअघि पनि विभिन्न तरिका अपनाएर राजश्व छल्नेहरुलाई यसैगरि, विभिन्न अदालतमा मुद्दा दायर गर्दै आएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।