logo

बिरामीको पेटबाट निकालियो सिक्री र पेटीको बक्कल, बिरामी घर फर्किए

    224   पटक पढिएको

२ चैत /अर्थ र व्यापार – विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकले एक विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् ।

भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो ।
उनका पारिवारिक स्रोतका अनुसार ती युवकले आत्महत्या प्रयास गर्ने क्रममा कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए ।

बक्कल भने खाना नलीमा अड्किएको र सिक्री आमाशयमा पुगेको थियो । नोबेलका शल्य चिकित्सक डा.ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बक्कल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताए । उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको नोबेल अस्पतालले जानकारी दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

चौतर्फी दबाबले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ भाउ घट्यो

चौतर्फी दबाबपछि बल्ल सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाएको छ ।

इन्धनको भाउ अत्यधिक बढेसँगै गाडी भाड पनि बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

यूएईका राजकुमारले उपहार दिएको सुनको लौरो प्रसाईंले सरकारलाई दिने भनेपछि...

शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेको केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एउटा अनौठो किसिमको उपहार दिए ।

अर्थमन्त्रीले मध्यरातमा करकोदर हेरफेर गर्न बाहिरका मान्छे बोलाएकोबारे योगेश भट्टराईले उठाए प्रश्न 

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्ष २०७९/८०कालागि विनियोजित  बजेट निर्माणका क्रममा मध्ये रातको १२ बजे अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई आफ्नो कार्यकक्षमा बाहिरका मान्छेलाई बोलाएर करका दरमा हेरफेर गरेकोबारे गम्भिर प्रश्न उठाएका छन ।

मनोरञ्जन

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।