logo

क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

    1232   पटक पढिएको

१ चैत/अर्थ र व्यापार – राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा लगानी गरि अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङाको रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षिय पुस्कर श्रेष्ठ र सोहि ठाउँकी २३ वर्षिया बिनिता लिम्बुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठ र लिम्बुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैया बिगो कायम गरी मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागका अनुसार उनीहरु दुबैजनाको विभिन्न बैंकमा रहेका बैंक स्टेटमेन्टहरु, प्राप्त डाटाहरु, कल डिटेल र मोबाईल बरामद गरिएको थियो । यी विवरणमा संलग्न प्रमाणबाट उनीहरुले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहेको देखिएको छ ।
श्रेष्ठ र लिम्बुले 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहि कार्य गरेको विभागले जनाएको छ । पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९ रुपैयाँ ८५ पैसा, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआईसि एशियाबाट एक करोड ८२ लाख ४९ हजार र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार गरि जम्मा ७ करोड ५७ लाख ७१ हजार र बिनिता लिम्बुले एनआईसि एशियाबाट दुई करोड १६ लाख ९८ हजार गरि जम्मा ९ करोड ७४ लाख ६९ हजार विदेशी विनिमय विपरित निषेधित कसूर गरेको पुष्टि हुन आएको छ ।
साथै उनीहरुले सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागको आरोप रहेको छ । उनीहरु विरुद्ध बिगो जफत गरी सजाय हुन र तीन वर्षसम्मको कैद सजायको मागदावी सहित मुद्दा दायर गरिएको विभागको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।