logo

राजश्व छलीमा संलग्न बोटलर्स नेपालविरुद्ध झन्डै साढे ७ अर्ब रुपैयाँको मुद्दा

    1581   पटक पढिएको

२७ फागुन/अर्थ र व्यापार – राजश्व छलिमा संलग्न बोटलर्स नेपालविरुद्ध सरकारले झन्डै साढे ७ अर्ब रुपैयाँको मुद्दा दायर गरेको छ । विगत लामो समयदेखि नेपालमा आफुनो उद्योगा तथा व्यापार विस्तार गरि कोकाकोला,इस्प्राइट लगायतका पेयपदार्थ उत्पादन र विक्री गर्दै आएको बहुराष्ट्रि कम्पनी बोटलर्स नेपाल विरुद्ध राजश्व अनुसन्धान विभागले पूँजीगत लाभकर छली गरेको भन्दै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा सो कम्पनी बिरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी सहित मुद्दा दायर गरेको जनाएको छ ।
विभागका महानिर्देशक प्रकाश पौडेलले यस्तो जानकारी गराएका हुन । विभागका अनुसार यसअघि परेको उजुरीको आधारमा बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो ।
बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको विभागको आरोप छ । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर उच्च अदालत पाटनमा मुद्दा दायर गएको विभागले जनाएको छ । यस मुद्दामा बोटलर्स नेपालका सञ्चालक र विभिन्न शाखाका प्रमुखहरु लगायत कुल १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।