logo

यस्ता छन संसारकै सबैभन्दा १० धनी महिलाहरु

    1150   पटक पढिएको

२५ फागुन/अर्थ र व्यापार – अमेरिकाको म्यागाजिन फोब्सले सार्वजनिक गरेको सन् २०२२ को संसारभरकै उत्कृष्ट सबैभन्दा १० जना धनी महिलाहरुको सुचीसँगै २३९ जना महिना विश्वको धनाड्य सुचीमा परेका छन् । उनीहरु घरजग्गा, खानी, वित्त, औषधि र अरु विभिन्न क्षेत्रका उद्योगका मालिक हुन् ।
सुचीमा परेका वाल्टन, मार्स, हेनेकेन्स अपरिचित छैनन् भने कतिपय नयाँ अनुसार छन् । धेरै महिला विराशतका आधारमा नभई आफ्नो व्यवसायिक कुशलता कै आधारमा प्रभावशाली बन्न पुगेका छन् । अमेरिकाकी धनी महिला एलिस वाल्टनले गत बर्षको ४० अर्ब डलरमा थप छ अर्ब डलर सम्पत्ति बढाउन सफल भएकी छन् ।
धनी महिलाहरुको सुचीमा धेरै रहे पनि एशियाली महिला भने एक जना मात्रै छिन् । बाँकी सबै पश्चिमा छन् । यसले असमानता भने देखाएको छ । यद्यपि धनी महिलाहरुको संख्या भने अघिल्लो बर्षभन्दा बढ्दै गएको छ ।
यि हुन विश्वका १० धनी महिलाहरु
१. फ्रान्कोसी बेटेनकोर्ट मियर्सः विश्वकै धनी महिला फ्रान्सकी मियर्सको कुल सम्पत्ति ८२.५ अर्ब डलर रहेको छ । उनकी आमा लिलियन बेटेनकोर्ट मृत्यु भएपछि अहिले मियर्सले सोही विरासत सम्हाल्दै आएकी छन् । उनले आमा हुँदैमा लोरेल कम्पनीको सम्पूर्ण जिम्मेवारी आफैले हेर्दै आएकी थिइन् । मियर्सकी आमा पनि विश्वकै धनी महिला हुन् । मियर्सका बाबुले एओरल नामकौ सौन्दर्यसम्वन्धी विशाल कम्पनी स्थापना गरेका थिए र अहिले उनीसँग सोही विरासतको ३३ प्रतिशत सम्पत्ति रहेको छ ।
२. एलिस वाल्टनः अमेरिकाकी एलिस वाल्टनको कुल सम्पत्ति ६६ अर्ब डलर छ । उनी वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन् । साम विश्वको सबैभन्दा सफल रिटेल चेन वालमार्टका संस्थापक हुन् । एलिसले सन् १९८८ मा लामा कम्पनी पनि स्थापना गरेकी थिइन्, तर त्यो बन्द भएको छ । वालमार्टको शेयर मूल्य पाँच प्रतिशतले बढेर उनको सम्पत्ति ७.४ अर्बले बढे पनि उनी पहिलो नम्बरमा भने पर्न सकिनन् ।
३. म्याककेन्जी स्कटः अमेरिका कै म्याककेन्जी स्कट ५२ बर्षीय धनी महिला हुन् । समाजसेवामा समेत सक्रिय उनी साहित्यमा पनि रुची राख्छिन् । स्कटको कुल सम्पत्ति ६० अर्ब डलर छ । एमेजनका प्रमुख तथा विश्वका धनाढ्य जेफ बेजोससँग विवाह गरी पारपाचुके गर्दा प्राप्त सम्पत्तिले उनलाई अर्बपति बनाएको हो । उनले बेजोससँग छुट्टिँदा अमेजनको चार प्रतिशत शेयर प्राप्त गरेकी थिइन् जसको मूल्य त्यतिबेला ३५ अर्ब डलर थियो ।
४. जुलिया कोचः जुलिया कोचको कुल सम्पत्ति ६२ अर्ब डलर रहेको छ । ६० वर्षकी उनी समाजसेवामा बढी सक्रिय छिन् । कोच पनि अमेरिकाकी हुन् । उनलाई जुलिया फ्लेशर कोच पनि भनिन्छ । सन् २०१९ मा मृत्युअघि उनका पति अमेरिकाका सातौं धनाड्य थिए । पतिको सम्पत्तिबाट उनले ४२ प्रतिशत हिस्सा पाइन् जसलाई उनले बढाउँदै लगिन् ।
५. याङ हुइयानः चीनकी याङको कुल सम्पत्ति ३३ अर्ब डलर छ । ४१ वर्षकी उनी चीनको सबैभन्दा धनी महिला हुन् । उनको घरजग्गा व्यवसाय छ । उनी २५ वर्षकै उमेरमा चीनको धनाढ्य मध्यमा थिइन् ।
६. ज्याकलिन मार्सः अमेरिकाकी ज्याकलिनको कुल सम्पत्ति साँढे ४४ अर्ब डलर छ । ८३ वर्षीया उनी मार्स कम्पनीकी उत्तराधिकारी हुन् । उनी समाजसेवामा सक्रिय छिन् ।
७. सुसान क्लाट्टेनः जर्मनीकी सुसानको कुल सम्पत्ति साँढे साँढे २९ अर्ब डलर छ । उनी विश्व चर्चित कारहरु बिएमडब्लु, मिनि कपर मार्कु र रोल्स रोइस ब्रान्डकी मालिक हुन् । ६० वर्षकी सुसानले विज्ञापन कम्पनीमा समेत काम गरेकी थिइन् ।
८. फान हङवीः हेङली पेट्रोकेमिकलकी मालिक उनको कुल सम्पत्ति १५ अर्ब ७० करोड डलर छ । उनी आफ्नै परिश्रमबाट बनेकी महिला हुन् । चीनकी फानको सम्पत्ति बढ्दो छ ।
९. इरिस फोन्टबोनाः चिलीकी इरिसको कुल सम्पत्ति साँढे १४ अर्ब डलर रहेको छ । ८० वर्षीया इरिसलाई चिलीको खनिजकी रानी भनिन्छ । तामाखानी कम्पनी चलाएर उनले ठूलो धनराशी आर्जन गरेकी छिन् । उनको बैंक, रक्सी र जहाज कम्पनीमा पनि लगानी छ । उनले अपाङ्ग बालबालिकाका लागि वार्षिक ४ करोड दान गर्दै आएकी छिन् ।
१०. लाउरेन पवेल जब्सः अमेरिकाकी जब्सको कुल सम्पत्ति साँढे २० अर्ब डलर रहेको उल्लेख छ । उनी एपलका संस्थापक स्टेभ जब्सकी पत्नी हुन् । ५९ वर्षीया उनी समाजसेवामा सक्रिय छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।