logo

एमसीसीलाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्छ : ओली

    1144   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम सहयोग परियोजना (एमसीसी)लाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेकपा एमाले पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन । उनले एमाले देशको हितको राष्ट्रिय आवश्यकता र प्रथामिकताका आधारमा बाह्य सहायता ऋण स्वीकार गर्न तयार भएको बताए ।
‘अब यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यो पारित भइसक्यो । हाम्रो देशको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितमा कहीँ पनि तलमाथि नहुनेगरी कार्यान्वयनमा ल्याउनुपर्छ ’ ओलीले भने । यसैगरि, उनले एमसीसी सैन्य रणनीतिको अंग नभएको भन्दै संसद्बाट परियोजना अनुमोदन गर्दा गरिएको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताए । गत आइतबार केही साँसदहरुको बिरोधकाबीच संघिय संसद्बाट पारित भएको एमसीसीलाई मुलुकको राष्ट्रिय हितमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउँदै ओलीले भने, ‘व्याख्यात्मक घोषणा नेपाली जनतालाई अल्झाउने, झुक्याउने, ठगी गर्ने मात्र हो । यो निरर्थक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।