logo

एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर पास गर्ने सत्ता गठवन्धनको निर्णय

    1332   पटक पढिएको

१५ फागुन/अर्थ र व्यापार– पाँच दलीय सत्ता गठबन्धनले विवादित एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर आज आइतबार पास गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सहभागी नेताहरुले व्याख्यात्मक घोषणासहित आइतबार नै अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता पारित गर्ने निर्णय भएको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौताको व्याख्या गरेर पास गर्न गठवन्धनका सबै दल सहमत भएको बताएका हुन् ।
सम्झौताका केही बुँदामा नेपालको अनुकुल व्याख्या गरेर संसद्बाट सम्झौता पारित गरिने छ । उनले भने, ‘व्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो ।’ बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, कांग्रेस नेताहरुले दबाब दिएपछि उनी पनि सहमत हुन बाध्य भएका हुन् ।
नेता माधव नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले उनको पार्टीको बैठक जारी छ । आइतबार बिहान माओवादी केन्द्रको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । अमेरिकाले सम्झौता संशोधन गर्न अस्वीकार गरेपछि सत्तारुढ नेताहरुले आफ्नो तरिकाले व्याख्या गरेर पास गर्न लागेका हुन् । एमसीसी पास गर्न अमेरिकी दबाब निकै बढेकोले उनी उनीहरुलाई बाध्यता भएको छ ।
कतिपय विज्ञ र नेताहरुले भने एमसीसी सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने किसिमको रहेको भन्दै विना संशोधन पास गर्न नहुने बताउँदै आएका छन् । अर्को पक्षले भने एमसीसी सम्झौता आर्थिक विकासको परियोजना भएकाले पास गर्न ढिलाई गर्न नहुने बताउँदै आएको थियो ।
यता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने एमसीसीबारे मौन देखिन्छ । सो पार्टीले आफ्नो पार्टी टुक्राउन भूमिका खेल्ने सभामुख विरुद्ध आन्दोलन जारी राखेको छ । बालुवाटारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ सोही पार्टीका महामन्त्री गगन थापा‚ उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।
एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासँगै सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।