logo

विमानमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न सरकारले बनायो छानबिन समिति

    1259   पटक पढिएको

१३ फागुन/अर्थ र व्यापार – गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसाबिनै एक व्यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रालयले विमानस्थलको सुरक्षा व्यवस्था, विभिन्न निकायको कार्यविभाजन,कमजोरी र सुरक्षाका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेश गर्न सो समितिलाई निर्देशन समेत दिएको छ ।
यसअघि नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको थियो ।
विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी विमानमा रौतहटका असरफ आलम चढेका थिए । पार्किङमै रहेको विमानमा असान्दर्भिक व्यक्ति चढ्नु निकै संवेदनशिल मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।