९ फागुन/अर्थ र व्यापार– ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सोमबार पक्राउ परेका हुन ।
प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा ५० हजार रुपैयाँ जम्मा गरेमा थप दुई हजार ५०० रुपैयाँ बोनस पाइन्छ भन्दै विभिन्न व्यक्तिहरुलाई झुक्यार आफ्नो खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
यसरी पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई ७ लाख २७ हजार रुपैयाँ ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको महाशाखाले जनाएको छ । प्रहरीले उनीहरुले गरेको कसुरको आधारमा कानुनी कारबाही हुने जनाएको छ ।
तपाईको प्रतिक्रिया