logo

बैंकिङ कसुरको अभियोगमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

    1493   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार– काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई केही दिन अघि नियन्त्रणमा लिएको हो ।
व्यवसायी सञ्जय अधिकारी र टंकशम्शेर जबराको चेक बाउन्स भएको उजुरीका आधारमा अहिले मदिरा डिलर कारोबारमा संलग्न अग्रवाललाई पक्राउ गरिएको हो । अधिकारीको ५० लाख रुपैयाँको र जबराको डेढकरोड रुपैयाँको चेक नसाटिएपछि उनीहरुले उजुरी गरेको प्रहरीको भनाई छ ।
यसअघि मदिरा व्यवसायी अग्रवालले एभरेष्ट, मेगा, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंकबाट झन्डै ८० करोड रुपैयाँ भन्दाबढी ऋण लिएर फरार भएको समाचार बाहिरिएको थियो । आयात गरेको मदिरा बिक्री गरेर पनि पैसा तिर्न छाडेपछि बैंकहरुले अग्रवालको मदिरा विक्री गर्ने डिलर तथा पसल नै सिल गरेर आफ्नो ऋण उठाउने सूचना टाँसेका थिए ।
विभिन्न चारवटा बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर र सो ऋण नतिरी परिवारका सदस्यसहित अग्रवाल गत २२ पुसमा भारत पुगेका थिए । त्यसपछि गत २७ माघमा काठमाडौं फर्किएका अग्रवालले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि अब आफ्नो सम्पत्ति बेचेर बैंक र अन्य सबै ऋणीहरुको ऋण तिर्ने बाचा गरेका थिए । अहिले अग्रवाललाई प्रहरीले चेक वाउन्सको अभियोगमा पक्राउ गरिएको भनेपछि अन्य ऋणीहरुले धमाधम प्रहरी गुहार्न थालेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।