logo

एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँबानेश्वर क्षेत्रमा झडप

    1202   पटक पढिएको

४ फागुन /अर्थ र व्यापार – काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच भएको सो झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा समेत प्रयोग गरेको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बुधबार बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समूह पनि एमसीसीको विरोधमा मिसिएको छ ।

विरोध प्रदर्शनका कारण अहिले काठमाडौंको माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार बिहान भएको भेटवार्तामा पनि आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।
अब बिहीबार दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएर स्थिती तनावपूर्ण भएपछि अहिले सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका छन्। 

बुधबार बिहानैदेखि अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। उनीहरूले विभिन्न नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्। तीमध्ये बानेश्वरमा पनि प्रदर्शन भइरहेको छ। त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।