logo

मदिरा कारोबारी अग्रवाल दाजुभाई कर्जा नतिरी फरार भएपछि मेगा बैंकले जग्गा लिलाम गर्ने प्रक्रिया अघि बढायो

    1393   पटक पढिएको

५ माघ /अर्थ र व्यापार–  काठमाडौँका धनाढ्य बर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल फरार छन् । मेगा बैंकले कलंकीका विभिन्न जग्गा राखेर उनीहरूलाई २५ करोड कर्जा दिएको थियो । 
डिस्टिलरी खोल्न भन्दै विभिन्न समयमा दिएका कर्जाको व्याज नतिरेपछि मेगा बैंकले उनीहरूको धितो लिलाम गर्न लागेको हो । बैंकले बुधवार एक सूचना प्रकाशन गरी २० माघसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समय भित्रको अवधिमा कर्जा नतिरेमा बैंकले लिलाम बोलपत्र १९ माघसम्म दिन सकिने र बोलपत्र २० माघमा खोलिने जनाएको छ । 

जसका कारण अहिले बैंकको कर्जा प्रणालीमा नै प्रश्न उब्जिएको छ ।  एउटा मदिरा पसलेलाई कसरी पत्याए बैंकहरूले बिनाधितो १ अर्ब रुपैयाँ किन दियो त भन्ने चासो सबैमा छ ।  कलंकी मालपोत कार्यालय अन्तर्गत रहेको जग्गा मेगा बैंकले लिलाम गर्ने भएको छ । बैंकले एलायन्स डिस्ट्रिब्युटर्स प्रालिको नाममा चार कित्ता १०३ वर्ग मिटर, १५७ वर्ग मिटर, २७८ वर्ग मिटर र १५८ वर्ग मिटरका जग्गा लिलाम गर्ने जनाएको छ । 
यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकले पनि अग्रवाल दाजुभाइले सञ्चालन गर्दै आएको ग्रिनलाइन सेन्टर दरबार मार्गमा ताला लगाएको थियो । इन्भेस्टमेन्ट बैंकले कर्जा तिर्न ताकेता गरेसँगै मेगा बैंकले पनि लिलामी प्रक्रिया अघि बढाएको छ । 

अग्रवाल दाजुभाइको मेगा, इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंकको नाममा १ अर्बभन्दा बढी कर्जा तिर्न बाँकी छ । त्यस्तै विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको ऋणको कुनै रेकर्ड नै छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।