logo

काठमाडौंका विभिन्न १७ ठाउँमा लगाइँदै बुस्टर डोज

    1088   पटक पढिएको

३ माघ /अर्थ र व्यापार – स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ ।
तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर ) काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्ले जानकारी दिए ।
 ८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको काफ्लेले जानकरी दिए । उनका अनुसार नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज) , सशस्त्र प्रहरी अस्पताल ढबलम्बु), त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल महावौद्य, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, शहीद शुक्रबार अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट बुस्टर डोज दिइने छ ।
त्यसैगरी, सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिन्छ ।
यि हुन फ्रन्टलाइनर
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मीहरू, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन्। यही चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरू, स्थानीय पालिकाका कर्मचारीहरू, सशस्त्रको बिओपीमा खटिएका, जनपथ प्रहरी, शव व्यवस्थापनमा खटिनेहरु पर्दछन् ।
यस्तै बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीहरू पनि यस भित्रपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।