२९ पुस/अर्थ र व्यापार – राजस्व अनुसन्धान विभागले २ व्यावसायिक फर्मलाई ७ दिनभित्र उपस्थित हुन बोलाएको छ । विभागले राजस्व छलीको आशंकामा ती फर्मलाई बोलाएको हो।
विभागले काठमाडौं महानगरपालिकाको एचबी ट्रेड एण्ड सप्लायर्स र काठमाडौंकै गणपति ट्रेड लिंक्सलाई हाजिर हुन भनेको हो ।
सप्लायर्सका सञ्चालक बिमल अग्रवाल र लिंक्सका दिपेन्द्र कुमार अग्रवाल रहेका छन् । यी दुई संस्था विरुद्ध विभागले राजस्व छली गरेको आशंकामा अनुसान्धान अघि बढाइरहेको छ । यी व्यक्तिहरुलाई विभागले घरको ठेगाना र टेलिफोन सम्पर्क गर्दा पनि आएका छैनन्। यदि सो अवधिमा पनि विभागको सम्पर्कमा नआए कतै उजुर वाजुर नलाग्ने उल्लेख छ । यी फर्मविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम मुद्दा अघि बढ्नेछ ।
तपाईको प्रतिक्रिया