logo

एनआरएनए ओसेनिया संयोजकमा दिनेशराज जोशी बलियो उम्मेदवार  

    1286   पटक पढिएको

१७ असोज / अर्थ र व्यापार – अस्ट्रेलियाका सामाजिक अभियन्ता दिनेशराज जोशीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
लामो समयदेखि एनआरएनए अभियानमा सारथी बनेका जोशीले समाज र मुलुकका लागि केही गर्न सक्छु भन्ने उदेस्यका साथ ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन लागेको बताए । सबैलाई उच्च सम्मान गर्दै यस क्षेत्रमा केहि गर्न सक्षम छु भन्ने विश्वासकासाथ उमेदबार बन्न लागेको जोशीले बताए । 
एनआरएनए ओसेनिया संयोजकमा जोशी बलियो उम्मेदवार देखिएका छन ।  उनी अस्ट्रेलियामा नेपाली कांग्रेशका संस्थापक नेता पनि हुन । उनि तनहुका पुराना कांग्रेशी नेता गोबिन्दराज जोशीका छोरा हुन । ‘मेरो होइन हाम्रो अभियान’ भन्ने नाराका साथ एनआरएनएलाई साझा बनाउने उद्देस्यका साथ आफु यस पटक ओसेनियाको क्षेत्रीय संयोजकको दाबेदार प्रस्तुत गरेको जोशीको भनाइ छ । अष्ट्रेलिया र आसपासका क्षेत्रका विभिन्न सामाजिक र एनआरएनए अभियानमा सक्रिय उनी यस अघि आईसीसी सदस्य, एनआरएनए अष्ट्रेलियाका सल्लाहकारसहित विभिन्न पदमा ररेर काम गरिसकेका छन् । गत निर्वाचनमा पनि उमेदबार बनेका जोशी साथीभाईको असहयोगका कारण झीनो अन्तरले पराजित भएका थिए ।
‘स्वच्छ प्रतिस्पर्धा प्रजातन्त्रको सुन्दर पक्ष हो यसलाई आत्मसात गर्न सकेमा मात्र लोकतन्त्रको सच्चा अनुयायी बन्न सकिन्छ’  जोशीले आफ्नो उमेदबारीका विषयमा जानकारी गराए । ‘गत निर्वाचनमा जोड घटाउ मिल्न सकेन र त्यसलाई सहजै स्वीकारे तर यस पटक सबैको स्नेह र माया पाउने बिश्वास राखेको छु ।’जोशीले भने ।   
समाज र एनआरएन अभियानमा देखिएका पछिल्ला बिसंगती र बिकृतीलाई चिर्ने जोशीको लक्ष्य रहेको छ । राजनिती आफ्नो ठाउमा छ र हुन्छ तर, समाजिक संस्थामा नेतृत्वमा आएपछि यसको आवरणलाई फुकाल्न सक्नुपर्छ । पछिल्लो एनआरएनमा देखिएको समस्यानै यही हो ,उनले भने । पैसा र सीन्डीकेटले पद किन्ने स्पर्धामा केही साथिभाइ रहेपनि यस पटक अस्ट्रेलिया,न्युजिल्यान्ड र पुपवा न्युगीनीका साथीभाईले त्यसलाई परास्त गर्नुहुन्छ भन्ने आफ्नो विश्वास रहेको बताए । अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित जोशी देखेको कुरा बोल्ने स्पष्ट बक्ताको रुपमा चिनिन्छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।