न्युज एजेन्सी / तोकियो – जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । सो भुकम्पको केन्द्रबिन्दु भने सामुद्रीक क्षेत्र रहेको छ । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो ।
जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । शक्तिशाली भूकम्प गएपनि आँधीको सम्भावना भने नदेखिएको त्यहाँका अधिकारीले बताएका छन् ।
तपाईको प्रतिक्रिया