logo

ब्लड डोनर्स एसोसिएसन नेपाल तारकेश्वर नगर समितिको अधिवेशन सम्पन्न 

केदार अधिकारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन

    1331   पटक पढिएको

२० भाद्र / अर्थ र व्यापार – तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरोको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मतीमा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
अधिवेशनमा विशेष अतिथिमा ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिको पनि उपस्थिति रहेको थियो । अधिवेशनमा तानपा – १० का वडा अध्यक्ष अमृत थापा, मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्का लगायतको उपस्थिति रहेको थियो । मनमैजु सांस्कृतिक समाजको हलमा भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाको प्रमुख रामेश्वर बोहोराले मैनवत्ती बालेर कार्यक्रम उदघाटन गरेका थिए । 
नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले तारकेश्वरमा रगत अभाव हुन नदिनका लागि नगरपालिका लागिरहेको हुँदा ब्लड डोनर्स एसोसिएसन, नेपाल तारकेश्वर नगर समितिले वडा कार्यालय र स्वास्थ्य शाखाको समन्वयमा नगरको ११ वटा वडामा नै कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताए । 
नगरपालिकाले पहिलोपटक गरेको रक्तदान कार्यक्रममा ५३८ पिन्ट रगत संकलन गरिएको थियो । नगरपालिकाले मृर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्न लागेको हुँदा रगतको आवश्यकता बढ्दै गएको बताउँदै उनले नगर अधिवेशनको शुभकामना समेत दिएका थिए ।
यसैगरि, मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्काले रक्तदान कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै लैजाने बताए । तारकेश्वर १० का वडा अध्यक्ष अमृत थापाले टोल सुधार समिति र महिला समुहहरुको सहकार्यमा रक्तदान कार्यक्रम निरन्तर रूपमा गर्दै जानुपर्ने बताए । 
कार्यक्रमका सभापति देबेन्द्र महर्जनले पुरानो टिमले काम नगरेको हुँदा नयाँ समितिमा सामाजिक सक्रिय सदस्यहरु राखेर निर्माण गर्न आवश्यक भएको बताए । यसैगरि, उनले विगतको टिममा रहेकाहरु बैठकमा समेत कहिल्यै नआउने परिपाटीले संस्था कमजोर भएको बताएका थिए ।

सो कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना भएका मानिसहरु मात्र संस्थाको टिममा रहनुपर्ने बताए । उदघाटन सत्रपछि सम्पन्न भएको सोही अधिवेशनबाट एसोसियसनका अध्यक्ष केदार अधिकारीको  नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
यस्तो छ नयाँ कार्यसमिति 
केदार अधिकारी – अध्यक्ष
रामलाल महर्जन – उपाध्यक्ष
हरिकृष्ण खत्री – सचिव
दिपक कृष्ण श्रेष्ठ – सहसचिव
कमला सिलवाल खत्रि – कोषाध्यक्ष
कृष्ण प्रसाल ढुंगाना – सदस्य
इश्वर तिवारी – सदस्य
पूर्ण प्रसाद तिमिल्सिना – सदस्य
राजेन्द्र थापा – सदस्य 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।