logo

ब्लड डोनर्स एसोसिएसन नेपाल तारकेश्वर नगर समितिको अधिवेशन सम्पन्न 

केदार अधिकारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन

    1537   पटक पढिएको

२० भाद्र / अर्थ र व्यापार – तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरोको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मतीमा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
अधिवेशनमा विशेष अतिथिमा ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिको पनि उपस्थिति रहेको थियो । अधिवेशनमा तानपा – १० का वडा अध्यक्ष अमृत थापा, मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्का लगायतको उपस्थिति रहेको थियो । मनमैजु सांस्कृतिक समाजको हलमा भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाको प्रमुख रामेश्वर बोहोराले मैनवत्ती बालेर कार्यक्रम उदघाटन गरेका थिए । 
नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले तारकेश्वरमा रगत अभाव हुन नदिनका लागि नगरपालिका लागिरहेको हुँदा ब्लड डोनर्स एसोसिएसन, नेपाल तारकेश्वर नगर समितिले वडा कार्यालय र स्वास्थ्य शाखाको समन्वयमा नगरको ११ वटा वडामा नै कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताए । 
नगरपालिकाले पहिलोपटक गरेको रक्तदान कार्यक्रममा ५३८ पिन्ट रगत संकलन गरिएको थियो । नगरपालिकाले मृर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्न लागेको हुँदा रगतको आवश्यकता बढ्दै गएको बताउँदै उनले नगर अधिवेशनको शुभकामना समेत दिएका थिए ।
यसैगरि, मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्काले रक्तदान कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै लैजाने बताए । तारकेश्वर १० का वडा अध्यक्ष अमृत थापाले टोल सुधार समिति र महिला समुहहरुको सहकार्यमा रक्तदान कार्यक्रम निरन्तर रूपमा गर्दै जानुपर्ने बताए । 
कार्यक्रमका सभापति देबेन्द्र महर्जनले पुरानो टिमले काम नगरेको हुँदा नयाँ समितिमा सामाजिक सक्रिय सदस्यहरु राखेर निर्माण गर्न आवश्यक भएको बताए । यसैगरि, उनले विगतको टिममा रहेकाहरु बैठकमा समेत कहिल्यै नआउने परिपाटीले संस्था कमजोर भएको बताएका थिए ।

सो कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना भएका मानिसहरु मात्र संस्थाको टिममा रहनुपर्ने बताए । उदघाटन सत्रपछि सम्पन्न भएको सोही अधिवेशनबाट एसोसियसनका अध्यक्ष केदार अधिकारीको  नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
यस्तो छ नयाँ कार्यसमिति 
केदार अधिकारी – अध्यक्ष
रामलाल महर्जन – उपाध्यक्ष
हरिकृष्ण खत्री – सचिव
दिपक कृष्ण श्रेष्ठ – सहसचिव
कमला सिलवाल खत्रि – कोषाध्यक्ष
कृष्ण प्रसाल ढुंगाना – सदस्य
इश्वर तिवारी – सदस्य
पूर्ण प्रसाद तिमिल्सिना – सदस्य
राजेन्द्र थापा – सदस्य 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।