logo

वर्षाका कारण काठमाडौंका १ सय ठाउँमा बाढी, १ सय ३८ जनाको उद्धार, ३८२ घर डुबानमा

    1444   पटक पढिएको


२१ भाद्र\अर्थ र व्यापार– गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका अधिकाशं स्थानमा बाढी पसेको छ । आइतबार राति २ बजेबाट परेको अबिरल वर्षका कारण काठमाडौंका ३ सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरीय प्रहरी कार्यालयकाका अनुसार हालसम्म १ सय ३८ जनाको सकुशल उद्धार गरिएको छ । प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरका अनुसार मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको छ । यसैगरि नेपालटार, बालाजु क्षेत्रका खोला किनार तथा नदि तटिए क्षत्रका बस्तीहरुमा बाढि पसेर ड’बान भएको हो ।  
यसैगरि, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो तटिए क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।
गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुलल, गोगबु, सामाखुसी लगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको काठमाडौं महानगरीय प्रहरी कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।