२४ साउन/अर्थ र व्यापार– काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।
नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको कलेजले जनाएको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई सूक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिइएको जनाइएको छ ।
कलेजले लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेस्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारी, विभिन्न विभाग, भवनको संरचना, अनलाइन सेवा सुविधा, विद्यार्थी भर्ना प्रक्रिया, विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु प्रदान गरेको कारण बीएसीको मान्यता पाएको कलेजले जनाइएको छ ।
तपाईको प्रतिक्रिया