logo

एमबीबीएस प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल झा विश्व निकेतन मा वि र भाईवे्रन्टबाट सम्मानित

    5188   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार– यस वर्षको चिकित्सा शिक्षा आयोगद्धारा लिईएको एमबीबीएस प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी आशिक झा सम्मानित भएका छन् । झा सामुदायिक विद्यालय विश्वनिकेतन मा वि त्रीपुरेश्वरका विद्यार्थी हुन् । 

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच आयोगद्धारा लिईएको प्रवेश परिक्षामा सर्वोउत्कृष्ट हुन सफल विद्यार्थी झालाई विद्यालय र उनले एमविविएस ईन्ट्रान्स प्रिपरेसन गरेको संस्था भाईवे्रन्टले सम्मान गरेको हो । 

शुक्रबार सार्वजनिक नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन् । सर्वोउत्कृष्ट भएसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पनि पाएका छन्।  

झाले कक्षा ११ र १२ विश्वनिकेतन मा वि त्रीपुरेश्वरमा अध्ययन गरी भाईवे्रन्ट एमविविएस ईन्ट्रान्स प्रिपरेसन सेन्टरबाट एमविविएस ईन्ट्रान्सको तयारी गरेका थिए । साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट एसईईमा ३.७ जीपीए ल्याउन सफल भएको थियो ।

कार्यक्रममा विद्यालयका भाईस प्रिन्सिपल केदार प्रसाद दाहलले सामुदायिक विद्यालयका विद्यार्थीले चिकित्सा शिक्षा आयोगद्धारा लिईएको पहिलो प्रवेश परिक्षामा सर्वोउत्कृष्ट हुनु देशकै गौरवको बिषय भएको बताए । उनले विद्यार्थी आशिक झाको कडा मेहनत र लगनशिलताको पनि तारिफ गरे । 

भाईस प्रिन्सिपल दाहलले विश्व निकेतन मा विका विज्ञान संकायका विद्यार्थीलाई विगत लामो समयदेखि भाईवे्रन्टले प्रि मेडिकल र मेडिकल तयारीका कक्षाहरु निशुल्करुपमा उपलब्ध गराउदै आएको भन्दै भाईवे्रन्ट ईन्ट्रान्स प्रिपरेसन सेन्टरलाई धन्यवाद ज्ञापन गरे । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।