logo

सरकारले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क बिजुली उपलब्ध गराउने 

    1599   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार– ऊर्जा मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका ७६ लाख ३६ हजार जनतालाई निशुल्क बिद्युत उपलब्ध गराइने बताइएकी छिन् । 

हाल मुलुकमा कुल जनसंख्याको २५.१ प्रतिशत जनता गरिवीको रेखामूनि रहेका छन् । तर विद्युत उपभोग भने घरधुरी अनुसार हुन्छ ।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको छलफलमा ऊर्जा मन्त्री भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई केही राहत दिनुपर्छ भनेर निशुल्क विद्युत उपभोग गर्न दिने गरी काम गरिरहेको जानकारी दिईन् ।
साथै, विद्युतको घरेलु उपयोग बढी गर्नेलाई पनि विद्युत महशुल कम गर्ने गरी तयारी गरिरहेको उनले बताइन् । 

भुसालले देशको सबै कृषियोग्य भुमिमा सिँचाई सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना सरकारको रहेको बताईन् । उनले सिँचाईको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने बताइन् । 

ऊर्जा मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत उत्पादन अध्ययन गरिरहेको पनि जानकारी दिईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।