logo

वीरगंजका दुई नाकाबाट ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, निर्यात ५३ अर्ब मात्रै

    1453   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– वीरगंजका दुई वटा भन्सार नाकाबाट गत आव २०७७/७८ मा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । 

वीरगंजको आइसिपी र सुख्खा बन्दरगाह भन्सार नाकाबाट ५ खर्ब भन्दा बढीको आयात हुँदा दुबै भन्सार नाकाबाट ५३ अर्ब रुपैयाँ बराबरको वस्तु मात्र निकासी भएको छ । गत आवको कुल व्यापार तुलनामा यो निर्यात २७ प्रतिशतले बढी हो ।  

सुख्खा बन्दरगाह भन्सार नाकाबाट २६ अर्ब १६ करोडको मालसामान भित्रिएको छ भने ३८ करोड रुपैयाँ मूल्य बराबरका समान भारत तथा तेस्रो मुलुकमा निकासी भएको छ । 

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले निर्यात व्यापारमा भटमास र सनफ्लवार तेलको मुख्य योगदान रहेको बताएका छन् ।

भन्सार प्रमुख पौडेलले जुत्ता, चप्पल, हार्डवेयर, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिए । उनले गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले आयात प्रभावित भएको बताए ।

वीरगंज भन्सार नाकाबाट भित्रिने मुख्य बस्तुमा सवारीका साधन र पेट्रोलियम पदार्थ रहेका छन् । यसका साथै, जीप, कार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रक,  इन्धन, औद्योगिक कच्चा पदार्थ, कोइला, एमएस स्टील स्ट्रिप, बिलेट, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।