logo

रिलायन्स लाइफद्धारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

    1511   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।

कम्पनीले मृतक बीमित सजन विकको पत्नी सपना मल्ललाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले बीमाको दाबी भुक्तानी गर्दैनन् भन्ने कुरा सत्य नभएको पुष्टि गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मृतक बीमितको परिवारलाई उक्त रकमले सहयोग पुग्ने बताए । 

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निदेर्शक एंव प्रवक्ता राजु रमण पौडेल, कम्पनी सञ्चालक समितिका अध्यक्ष तारानाथ केडी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली लगाएतको उपस्थिति रहेको थियो ।

रिलायन्स लाइफले देशका विभिन्न ९७ शाखा कार्यालय मार्फत जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दैआएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष भित्रमा अन्य २२ शाखा कायाृलयहरु थ्प गर्ने योजना रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।