१२ साउन/अर्थ र व्यापार– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
मंगलबार दिउँसो बसेको मन्त्रिषद बैठकले आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, आयोगको सदस्यमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ नियुक्त भएका छन् । सदस्यमध्येका गुरुङ यसअघि पनि आयोगको सदस्य थिए ।
तपाईको प्रतिक्रिया