logo

दाङमा एक बर्षमै थपियो २ हजारभन्दा बढी उद्योग

    1653   पटक पढिएको


११ साउन/अर्थ र व्यापार– दाङमा आर्थिक वर्ष २०७७/७८ मा २ हजार १८४ ओटा घरेलु तथा साना उद्योगहरु थपिएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार गत आवमा २ हजार ५७ प्राइभेट फर्म, ९५ ओटा साझेदारी फर्म र ३२ ओटा प्रालि गरी २ हजार १८४ ओटा उद्योगहरु थपिएको हो ।

गत आवमा थपिएका २ हजार १८४ नयाँ उद्योगसँगै जिल्लामा ४ अर्ब ४८ करोड २३ लाख २१ हजार रुपैयाँ लगानी थपिएको छ । भने ती उद्योगमा ८ हजार १७७ जनाले रोजगारी प्राप्त गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले प्रदेश सरकारले स्वदेशमै केही गर्न चाहानेहरुका लागि भन्दै उद्योगहरु निःशूल्क रुपमा दर्ता गर्ने व्यवस्था मिलाएपछि पनि जिल्लामा घरेलु तथा साना उद्योगहरु दर्ताको संख्या बढेको बताए । 

कार्यालयमा दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी कृषिजन्य प्रकृतिका छन् । एक वर्षको अवधिमा १ हजार ५१२ ओटा कृषिजन्य उद्योगहरु दर्ता भएका छन् । उत्पादनमूलक २०७, पर्यटन उद्योगहरु १६८ र सेवामूलक उद्योगहरु २९७ ओटा दर्ता भएका छन् । 

नयाँ थपिएका २ हजार १८४ उद्योगमा दुई हजार ४५४ जना उद्यमी थपिएका छन् । जसमा १ हजार २६२ पुरुष छन् भने १ हजार १९२ जना महिला उद्यमी छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।