logo

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन 

    1625   पटक पढिएको


७ साउन/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । 

परिसंघको १८औं वार्षिक साधारणसभाबाट यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । 

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् ।
अग्रवालले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । भने अग्रवालसंग पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरेको अनुभव छ ।

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्षमा चयन हुनेछन् ।
राष्ट्रिय परिषदमा संस्थापक समूहबाट निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, अमित मोर, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाइ, विकास दुगड, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरजभक्त पौडेल र दिलिप अग्रवाल चयन भएका छन् । 

यसैगरी, प्रतिष्ठानतर्फबाट गुरुप्रसाद न्यौपाने, हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, राजीवकुमार गुप्ता, राजबहादुर शाह, तारा प्रसाद पौड्याल, हितेश गोल्छा, पम्फा धमला, लक्ष्मी प्रसाद सुवेदी, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन र वर्षा श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी, संस्थागत सदस्य समूह तर्फबाट कृष्णप्रसाद अधिकारी, गोकुल भण्डारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।