६ साउन/अर्थ र व्यापार– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २,८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ भने ३० जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित भेटिएका छन् ।
तपाईको प्रतिक्रिया