logo

जनकपुर–जयनगर रेल सञ्चालनको सम्पुर्ण तयारी पूरा

    1265   पटक पढिएको

६ साउन/अर्थ र व्यापार– नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी पूरा भएको बताएको छ । 

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको भन्दै नेपाल र भारतका सरकार बीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने बताए ।

आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको महाप्रबन्धक भट्टराईले बताए । उनले अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी रहेको बताए ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको रेलको ट्रयाक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सबै संरचना तथा सामग्री विधिवत् हस्तान्तरण हुने महाप्रबन्धक भट्टराईले बताए । 

रेल सञ्चालनका लागि आवश्यक परीक्षण सकिएको छ । ‘ट्रायल ट्र्याक टेस्ट’ भइसकेको छ । ट्रयाक, सिग्नल काम गरे/नगरेको हेरिएको छ । रेल सञ्चालनका लागि ट्रयाक उपयुक्त छ भनेर प्रमाणीकरण पनि भईसकेको महाप्रबन्धक भट्टराईले बताए । 

कम्पनीले रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका जनशक्ति तयार गरिसकेको छ । त्यसमा नेपाली र भारतीय गरी दुवै किसिमका जनशक्ति छन् । कम्पनीमा हाल २०० जना नेपाली र २६ जना भारतीय कर्मचारी रहने बताइएको छ ।     
     

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।