५ साउन/अर्थ र व्यापार– सूर्य नेपालले तनहुँका दुई गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा १० लाख सहयोग गरेको थियो। भने म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक/एक थान एम्बुलेन्स प्रदान गरेको थियो ।
सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाईंमा सहयोग पु¥याउन एक÷एक करोड रकम प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया