३ साउन/अर्थ र व्यापार– कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयोग गरेको छ ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले आईसीयू बेड उपलब्ध गराएको बताए ।
बेड हस्तान्तरण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारत सरकारले महामारीको समयमा नेपालललाई गरेको सहयोगका लागि धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया