३ साउन/अर्थ र व्यापार– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा ८ करोड ९१ लाख ५४ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कार्यलयले रू.आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजस्व संकलन गर्न सफल भएको हो ।
प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा संकलित राजस्वमा आयकर रू. तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रू. दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रू. दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।
आव २०७७/७८ मा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको हो ।
तपाईको प्रतिक्रिया