१ साउन/अर्थ र व्यापार– सरकारले आर्थिक श्वेत पत्र जारी गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हालको विषम परिस्थितिमा देशको समग्र आर्थिक अवस्थाको अध्ययन गरेर केही दिन भित्रै आर्थिक स्वेतपत्र ल्याउने बताएका हुन् ।
साथै, वर्तमान गठबन्धन सरकारले तत्कालका लागि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ मा अध्यादेशबाट ल्याएको बजेट ३ गते संसदमा पेश गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ३ गतेको प्रतिनीधिसभा बैंठकमा बजेट सम्बन्धी अध्यादेश पेश हुने र उक्त अध्यादेश पारित गर्ने नगर्ने अधिकार संसदमा रहेको बताएका छन् ।
देउवा सरकारले अध्यादेश संसदमा पेश गर्ने भए पनि ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट कार्यन्वयन गर्नेगरी अगाडि बढेको हो ।
तपाईको प्रतिक्रिया