logo

पाथीभरा मन्दिरका १६ टन सिक्का साटिँदै

    2007   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार – प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सटही हुन नसकी थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापाको दमकस्थित कन्काई विकास बैंकले सिक्का साट्ने भएको हो । बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको छ । 

सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर ल्याइएका सिक्का त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम राखिएको थियो । समिति र बैंकबीच छलफल भई धुने, टल्काउने र सफा सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको छ ।

एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने छ । जस अनुसार १६ टनको ४० लाख रुपैयाँ हुने छ । 

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्का हालसम्म सटही भएको थिएन । केही हजार सिक्का सदरमुकामका पसलेले साटे पनि ठूलो परिमाणमा सिक्का त्यसै थन्किएको थियो ।

ताप्लेजुङमा रहेका बैकहरुमा आग्रह गर्दा समेत थन्किएको सिक्का नसाटिदा समितिलाई व्यवस्थापनमा समस्या भएको थियो । दशैं र चैते दशैंका बेलामा दैनिक १४ पाथिसम्म पाथीभरामा सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ । दर्शनार्थीको भिड हुने बेलामा दैनिक दुई क्विन्टल भन्दा बढी सिक्का जम्मा हुनेछ । 

मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दशैंको बेला असोजदेखि कात्तिकभर धेरै भिड लाग्छ । अधिकांश तीर्थयात्रीले सिक्का लिएर जाने र भालुगौंडेदेखि नै चढाउने गर्छन् ।

पछिल्ला वर्ष बबशोका पाठापाठी नलैजाने र पाथी पैसा लगेर चढाउनेको संख्या बढेको छ । पाथीभरामा पाथीले भरेर चढाए मनको इच्छा पूरा हुने विश्वासले तीर्थयात्रीहरूले सिक्का चढाउन थालेका हुन् । सिक्का ढुवानी तथा लोड गर्न नेपाली सेनाको नयाँ रणभीम गुल्मले जनशक्ति उपलब्ध गराएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।